शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन

शुक्रबार, ०५ वैशाख २०७७, ०७ : ३५
शुक्रबार, ०५ वैशाख २०७७

बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको  लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।

प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।

यस्ता छन् पाँच बुँदाः

– राष्ट्रिय स्वास्थ्य सेवा पूरा देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन सक्षम भएपछि

– कोरोनाका कारण दैनिक भइरहेको मृत्युदरमा कमी आएपछि

– संक्रमणको दर आशा गरेअनुसार तल्लो स्तरसम्म आएपछि

– भविष्यको आवश्यकताकालाई ध्यानमा राख्दै टेस्टिङ किट र पीपीआई उपकरणको आपूर्ती पूर्ण रुपमा सुनिश्चित भएपछि

– र जबसम्म कोरोनाभाइरस पुनः देशका लागि खतरा बन्ने छैन भनेर सुनिश्चित भएपछि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप