आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ
कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सो कुरा जानकारी दिएको हो ।
आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक जनाको भने पिसिआरमा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
अर्का व्यतिmको भने रिपोर्ट खाली आएको उनले बताए । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले रातोपाटी लाई जानकारी दिए ।
अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए ।त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।
आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेको उनले वताए ।
धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला