शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राहत वितरणमा विवाद भएपछि प्रहरीमाथि आक्रमण

शुक्रबार, १२ वैशाख २०७७, १७ : ०९
शुक्रबार, १२ वैशाख २०७७

बटवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थानीय तहले राहत वितरण गर्दा विवाद  उत्पन्न भएपछि प्रहरीमाथि आक्रमण भएको छ । रामग्राम वडा नं. १७ देवगाँवमा भएको राहत वितरणमा विवाद भएपछि झडप भएको हो । झडपमा परेर प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ । झडपमा गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउमा चोट लागेको  जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए  ।

नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको छ । शुक्रबार उक्त वडामा राहत वितरण भईरहँदा स्थानीयवासीको एक समूहले गाउँभरी राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग ८÷१० जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  सो झडपमा क्रिकेटको ब्याट प्रहार गर्दा असई ओलीको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय जवलपरासीले जनाएको छ । असइमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमण गर्ने एक महिलासहित ४ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप