नवीन तण्डुकारसहित ११ खेलाडी अग्रस्थानमा

ललितपुर । ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चलिरहेको नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाएका छन् । उनले दोस्रो दिनको खेल पश्चात् ३ चरणको खेलमा सत प्रतिशत जित निकाल्दै ३ अङ्कसहित अग्रस्थानमा रहन सफल भएका छन्।
नेपालको खेल क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोर महर्जन र अर्का खेलप्रेमी रञ्जन ठकुरी घोषालेले सुरु गरेको तेस्रो चरणको खेलमा १८५८ रेटड नवीनले आफू भन्दा उच्च १९३३ रेटेड सविन चन्द्र घिमिरेलाई पराजित गरेका हुन्। उनले पहिलो चरणमा काठमाडौँका वसन्त गुरुङ र दोस्रो चरणमा ललितपुरका सकार राईलाई माथ दिएका थिए।
त्यसैगरी तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली ३ अङ्क जोड्ने क्रममा पहिलो खेल अरिन मुनि बज्राचार्यलाई दोस्रो खेल निग्मा शेर्पालाई हाराएका थिए। नेपाली काँग्रेस पार्टी केन्द्रीय सदस्य हरिशरण नेपाली र पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आरम्भ गरेको तेस्रो चरणको खेलमा भने पूर्व महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई हराउन सफल रहे।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सुचारु भइरहेको बुद्धिचाल प्रतियोगितामा हेटौँडाका क्षितिज भण्डारी, २ पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू १६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज महर्जन, झापाका राजन सुवेदी, ललितपुरका रुपेश जैसवाल,ललितपुर कै कमल श्रेष्ठ, भक्तपुरका निकेन कुसाथा समेतले सबै खेल आफ्नो आफ्नो पक्षमा राख्दै संयुक्त पहिलो स्थानमा उभिन सफल भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना गरिएको गणेशमान सिंह स्मृति चेस प्रतियोगिताका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटरसाइकल हात पार्ने जानकारी गराएका छन्। जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन्।
प्रतियोगिताको निर्णायक सोराज ताम्राकारले खेल लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको र ७ चरणको खेल पश्चात् उपल्लो ४ खेलाडी बिच सुपर नक आउट अन्तर्गत सेमिफाइनल र फाइनलबाट विजेताको टुङ्गो लगाउने जानकारी गराएका छन्। बाकी खेलाडीहरूले सुपर लिग खेल्ने छन्।
ललितपुर स्पोर्ट्स क्लब संयुक्त आयोजना रहेको गणेश मान स्मृति बुद्धिचाल खेल तेस्रो दिन पहिलो खेल विहान ९ बजे र दोस्रो चरणको खेल दिउँसो २ बजे सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी