केन्द्रीय संस्करण
कोरोना कैरन – १२

कोरोना कालमा छिमेकीको माया

person explore access_timeबैशाख १३, २०७७ chat_bubble_outline0

दुई हप्ताको स्वैच्छिक गृह–क्वारेन्टाइनपछि मैले चैनको सास फेरेँ । धन्य श्री पशुपतिनाथ, अबलाई मैले यो खड्गो काटेँ । बहुविध ज्ञानीहरुले कानै खाने गरी दोहोर्‍याएर सुनाएको कुरा यस्तो थियो । ज्यानमा भाइरस सल्केको भए पहिलो हप्तामै लक्षण देखिन्छ । थप एक हप्ताको क्वारेन्टाइन भित्र केही लुकिबसेको होला कि भनी सतर्कताको लागि हो । छिमेकीहरु मसँग डराएका थिए । कति त छुलछुल थिए । दुई हप्ताको गुप्तवासपछि मलाई सही सलामत देखेर तिनका अनुहारको भयको बादल किञ्चित् पातलियो । ती पलभर स्थिर दृष्टिले मलाई हेर्न थाले । ती मसँग एकाध सेकेण्ड बात मार्न पनि थाले । र, हाम्रो छिमेकी नाता सुस्तरी सहज हुँदैगयो ।

तर जब सनसिटी अपार्टमेन्टको खबर सुनियो, छिमेकीहरु फेरि त्राहिमाम भए । । र, ती फेरि अतिरिक्त छुलछुल भए । हुन पनि त्यो खबर भयङ्कर भयकारी थियो । अपार्टमेन्टबासी आमाछोरा चैत ४ गते लण्डनबाट कतार हुँदै आएका रहेछन् । हामी बूढाबूढी चैत ५ गते पातालबाट दुबई हुँदै आएका थियौँ । यी आमाछोरामा महिना दिनपछि कोरोना पोजिटिभ देखियो । अपार्टमेन्टबासी पाँच सय परिवारको मूल सातो गयो । राजधानी शहर हल्लियो । र, मस्ती मुद्रामा सत्तासुख भोग गरिरहेको सरकारले कटीमुनिको गुप्त क्षेत्र ह्वार्रै सिँचाइ गर्‍यो । आशङ्कावश मेरा छिमेकीहरुका मानसमा भयको विकराल भूत मडारियो । यी बूढाबूढीभित्र पनि कोरोना भाइरस लुकिबसेको हुन के बेर !

जब सनसिटी अपार्टमेन्टको खबर सुनियो, छिमेकीहरु फेरि त्राहिमाम भए । । र, ती फेरि अतिरिक्त छुलछुल भए । हुन पनि त्यो खबर भयङ्कर भयकारी थियो । अपार्टमेन्टबासी आमाछोरा चैत ४ गते लण्डनबाट कतार हुँदै आएका रहेछन् । हामी बूढाबूढी चैत ५ गते पातालबाट दुबई हुँदै आएका थियौँ । यी आमाछोरामा महिना दिनपछि कोरोना पोजिटिभ देखियो । अपार्टमेन्टबासी पाँच सय परिवारको मूल सातो गयो ।


 छाँटले नेपाल भित्रिएको कोरोना भाइरस बडो छलकारी रहेछ । मानिसका देहमा आक्रमण गर्ने दाउ कुरेर छैनझैँ गरी चुपचाप लुकिरहने । मानौँ यो भाइरस अन्तअन्तका मानिसको ज्यान चुसेर थकित र गलित भएको छ । अथवा मानौँ अन्तअन्तका जनको खुन चुसेर यसले गोजेरो टन्न भरेको छ । त्यसैले मानौँ यसलाई भोक एकरत्ती छैन, केवल थकानको गाढा निन्द्रा छ । स्वभाव र रणनीति परिवर्तन गरेको यो कोरोने छुसीले मलाई दिनु दुःख दियो । छिमेकीहरुका दृष्टिमा म फेरि भयको मुहान भएँ । म फेरि अछूत भएँ । र, तिनबाट लाञ्छित, अपहेलित, तिरष्कृत र परित्यक्त भएँ म ।

पहिल्यै भनिसकेँ, मेरो पिँडी मेरो बैठक पनि हो । अर्थात् बैठक र पिँडी टु–इन्–वान् । मेरो पिँडीबाट अगाडि र दायाँबायाँका चार घर देखिन्छन् । सामान्य अवस्थामा यी घरका पतिहरु घरिघरि कौसी, झ्याल वा छतमा प्रकट भई मसँग बात मार्छन् । अब त्यो पूरापूर बन्द भयो । कौसी हेर्छु, कोही छैन । झ्याल हेर्छु, कसैको नाकमुख देखिँदैन । छत हेर्छु, रित्ता छतहरु स्वयं न्यास्रिएको उदास मुद्रामा छन् । घर अगाडिको बाटोबाट कोही हिँडेको देखिँदैन । नहिँडी नहुने खण्डखातिर आइलाग्दा ती हिँड्दैनन्, कन्दनी कसेर हुत्त कुद्छन् । मानौँ कौसी, झ्याल, छत वा अगाडिको बाटोबाट मसँग आँखा जुध्दा तिनका अमूल्य देहमा कोरोना भाइरस सर्लक्कै सल्किन्छ । मानौँ कोरोना भाइरस धनुबाट छुटेको त्यस्तो काँण हो, जो मेरा आँखाबाट हान्निएर सिधै तिनका आँखामा झ्वाम्मै गाडिन पुग्छ । मेरा यी असल छिमेकीका दृष्टिमा मानौँ म छिमेकी मान्छे रहिनँ । म त साक्षात् कोरोना भाइरस पो भएँ । र, म ‘कोरोना संवाहक’ जीव आँखाअगाडि हुनु तिनका लागि अकल्पनीय अभिशाप भइदियो । लखेटूँ, लखेट्न नमिल्ने । निच मारेर बसूँ, भयातुर चित्तमा उद्युमै बेचैनकारी औडाहाले पलपल डसिरहने ।

छिमेकीहरुको त्रास र छिःछिः–दुरदूर देखेर शुरुमा मैले उतिसाह्रो पर्वाह गरिनँ । यी भयका शिकारहरुलाई म आएको जहाजको कोही पनि संक्रमित भेटिएको छैन भनी मैले पटक–पटक भनी सुनाएको छु । यी सबै न्यूनाधिक हुनेखाने छन् । इन्टरनेटमा यी सबैको पहुँच छ । यी सबैका हात–हातमा स्मार्ट फोन छन् । यी सबैका लागि जगतको तात्तातो सूचना नित्य सुलभ छ । जान्नेसुन्ने हुँ भन्ने घमण्डमा कोहीभन्दा कोही कम छैन । त्यसैले कस्तो अवस्थामा कसरी कोरोना भाइरस सल्किन्छ भन्ने कुरा यिनले डरले काम्दै भए पनि छिटोढिलो अवश्य बुझ्लान् । र, यिनका व्याकुल चित्तमा मेरो कारणबाट उत्पन्न भय र त्यसबाट उत्पन्न मप्रतिको हेय दृष्टि शनैःशनैः कसो दूर हुँदै नजाला ?

तर भएन । टोलिया सुलसुलेबाट कन्नापछाडि यी मेरा कुरा काट्दै हिँडिराख्या छन् भन्ने खबर मेरो जेबी फोनमा सुटुक्क आइरह्यो । अब भने मलाई बडो नमज्जा लाग्न थाल्यो ।  त्यसैतयसै अत्यास–अत्यासजस्तो, अस्पट–अस्पटजस्तो । नगरेको कसुरवापत म बित्थामा किन अपमानित र दण्डित भइरहेँछु ? यो कस्तो छरछिमेक ! यी कस्ता छिमेकी ! अनाहकमा यिनको छिःछिः–दूरदूरको शिकार बन्न म किन श्रापित !


टोलिया सुलसुलेबाट कन्नापछाडि यी मेरा कुरा काट्दै हिँडिराख्या छन् भन्ने खबर मेरो जेबी फोनमा सुटुक्क आइरह्यो । अब भने मलाई बडो नमज्जा लाग्न थाल्यो ।  त्यसैतयसै अत्यास–अत्यासजस्तो, अस्पट–अस्पटजस्तो । नगरेको कसुरवापत म बित्थामा किन अपमानित र दण्डित भइरहेँछु ? यो कस्तो छरछिमेक ! यी कस्ता छिमेकी ! अनाहकमा यिनको छिःछिः–दूरदूरको शिकार बन्न म किन श्रापित !


यहाँनेर एउटा गम्भीर प्रश्नउपर म घोत्लिन थालेँ । आखिर क्षयरोग, क्यान्सर, मिर्गौँला क्षय, कुपोषण, आत्महत्या, सुत्केरी व्यथा, छाउपडी, सडक दुर्घटना आदिबाट पनि त नित्य–निरन्तर थुप्रो मानिस मरिरहेका छन् । कोरोना भाइरससँगै मानिसको यत्रो डर किन ? थाहा छैन । म केवल केही कारणहरु अनुमान गर्न सक्छु । कोरोना देश–देशावरमा मृत्युमय आतङ्कको सिर्जना गदै र चौतर्फी कोलाहल मच्चाउँदै आउने भएर होला शायद । बिजुली पर्दामा विश्वभरिका संक्रमित र मृतकहरुको बढ्दो संख्या दिनानुदिन गन्ती गरिने भएर होला शायद । कोरोना भाइरसले मानिस–मानिसमाझ छूवाछूतको भावना सिर्जना गर्ने हुनाले होला शायद । छिःछिः–दूरदूरकारी कोरोना भाइरसले मानिस–मानिसबीचका संवेदना, समभाव र करुणका सूत्रहरु निर्ममता साथ विच्छेद गरिदिने हुनाले होला शायद । अथबा मिडिया र सञ्जालमा, यु–ट्युब र गल्लीगल्लीमा अनेकन् भयवर्द्धक अफवाहको बाढी उर्लिने भएर होला शायद । यी शायदहरु केवल अडकलबाजी हुन् । ज्ञात कटु सत्य हो, कोरोना भाइरसले मानिसहरुलाई उपद्रै डरछेरुवा, विवेकशून्य र संवेदनाहीन बनाइरहेछ ।

अँ, यो मान्छे, डरले विवेक र संवेदनाच्यूत भएको चरम् निरास र हतास यो मान्छे, मेरो नाउँमा झोसपोल गर्न सुटुक्क वडा कार्यालय पुगेछ । गएर बिचराले भन्यो होला शायद— त्यो मेरो निकटतम् छिमेकी बूढो कोरोना भाइरसको मुहान हुनसक्छ । त्यसले हाम्रा छँदाखाँदाका ज्यानमा मृत्यु सञ्चार गर्ने खतरा छ । तसर्थ वडाध्यक्ष महोदाय, त्यसउपर यथोचित कार्बाइ गरिपाऊँ । मलाई वडाध्यक्ष शुद्ध डङ्गोलको फोन आयो । उनले सोध्नुपर्ने कुरा सोधे । जो भएको यथार्थ ब्यहोरा मैले बताएँ । र, निवेदन गरेँ— शुद्धजी, आफ्नो शङ्का निवारण र छिमेकीहरुको भय निवारणका लागि कोरोना भाइरसको टेस्ट गराउनु पर्‍यो । र्‍यापिड टेस्ट नक्कली हो, म त्यो गराउँदिन । लौन जनी गरेर पीसीआर टेस्टको चाँजो मिलाइपाऊँ । मेरो अनुभवमा शुद्ध सिधा, असल र कर्मशील वडाध्यक्ष हुन् । उनले सप्रेम हुन्छ दाइ, बुझेर म बेलुकासम्ममा खबर गर्छु भने । बेलुका भयो, खबर आएन । पुनःविचार गर्दा शुद्धले शायद बुझ्नु जरुरी ठानेनन् वा बुझिहेर्दा सुनाउन लायकको समाचार बनाउन सकेनन् । मैले निकैबेर प्रत्युत्तर कान थापेँ । प्रत्युत्तरविहीन प्रत्युत्तर त्यत्तिकै फासफुस भयो ।

मैले गगन थापालाई सम्झेँ । आखिर यी तरुण नेतालाई भोट हालेको यस्तै भरभरमा सघाउपगाउ होला भनेर त हो— मनमनै तर्कना गरेँ । गगनको केही समस्या गरे मलाई सम्पर्क गर्नू भन्ने सामूहिक आश्वासनको सूचना मेरो हाते फोनमा आयो । गगनलाई फोन गरेँ, फोन उठेन । म्यासेज गरेँ, उत्तर घुरेन । फोनमा मजस्ता याचनाकारीहरुको लर्को लागेको हुँदो हो । शायद त्यसैले उनले खायस गरेनन् । मलाई औडाहा होलाजस्तो भयो ।


मैले गगन थापालाई सम्झेँ । आखिर यी तरुण नेतालाई भोट हालेको यस्तै भरभरमा सघाउपगाउ होला भनेर त हो— मनमनै तर्कना गरेँ । गगनको केही समस्या गरे मलाई सम्पर्क गर्नू भन्ने सामूहिक आश्वासनको सूचना मेरो हाते फोनमा आयो । गगनलाई फोन गरेँ, फोन उठेन । म्यासेज गरेँ, उत्तर घुरेन । फोनमा मजस्ता याचनाकारीहरुको लर्को लागेको हुँदो हो । शायद त्यसैले उनले खायस गरेनन् । मलाई औडाहा होलाजस्तो भयो । लकडाउनको कठोर याम छ । ढोकाबाहिर निस्के प्रहरीले भक्कुमार गोद्ने डर छ । निर्घात गोदाइका नानाओली क्रूर दृष्टान्त मेरा आँखासामु नाचिरहेका छन् । निरीह र असहाय भएर खुइय सुस्केरा हाल्दै म दिउँसै गम्लङ्ग सिरक ओडेर लमतन्न सुतेँ ।

अपराधबोधी चेतनाले मलाई सताउन थाल्यो । गाँठ्ठे, मेरो कारणले मेरा असल छिमेकीहरुलाई न दिनमा भोक, न रातमा निद, न चित्तमा चैन भएको छ । म के गरुँ ? कर्फ्यूसरि क्रूर लकडाउनले मेरो मूलद्वार लक गरेको नहुँदो हो त म मेरा छिमेकीहरुलाई राहत दिन दुईचार दिनलाई कतै जाँदो हुँ । नगरकोटतिर, पोखरातिर वा कतै कुनै साथीको गुँडतिर । एकातिर म लकडाउनको कैदमा छु, अर्कतिर म हाउगुजी भएको छु । असाहाय र निरुपाय यो अवस्थामा चित्तको ताप पोख्न म के गरुँ ? के म छतमा निस्केर आकाश–बतासले सुन्ने गरी बेस्सरी चिच्याऊँ ? कि म छाती पिट्दै र कोकोहोलो मच्चाउँदै रोऊँ ? 

पिँडीमा बस्यो, लुकेर मलाई हेर्दै छिमेकीहरु सुस्केरा हालिरहेका पो होलान् भनी पीर लाग्छ । भित्र गएर यसो पल्टियो, बूढो कोरोनाले थला पर्‍यो कि भन्ने आशङ्काले छिमेकीहरु झनै आत्तिए हुन् कि भनी झन् पीर लाग्छ । भयको अजङ्गको पर्खाल भएर बीचमा अदृश्य कोरोना भाइरस खडा भएको छ । छिमेकीहरु पर्खालपारि छन्, म वारि छु । यो वारि र पारीको दूरी अथाह छ । वारि र पारिका कुरा भेट हुँदैनन् । वारि र पारिका भावना भेट हुँदैनन् । पारिका दृष्टिमा वारि मुत्युको मुहान हाजिर छ, वारिका दृष्टिमा पारि मृत्युको भयले  हाहाकार छ ।

मेरा आँखासामु झ्यालहरु खाली छन्, कौसीहरु खाली छन्, छतहरु खाली छन् । मानिसबिनाको सुनसान छिमेकमा मलाई मानिसको त्यसैत्यसै न्यास्रो लागेर आउँछ । र, न्यास्रो मेट्न म हाते बिजुली पर्दातिर आँखा घुमाउँछु । दृश्यमा जे देख्छु, त्यसले मेरो आहत चित्तमा आह झनै बढाइदिन्छ । दरबारबासी सरकारी नेता भन्दैछ, लकडाउनमा कोही भोकले मर्ने छैन । यथार्थ धरातलमा भुइँ मानिसहरु भोकले तड्पिँदै थानकोटबाहिर घर जान आतुर छन् । जानेहरुको लर्कोमा दूधमुखे बालक बोक्ने आमाहरु छन् । सकीनसकी घिस्रिरहेका बृद्धबृद्धा, रोगी र अशक्तहरु छन् । मानिसहरुको त्यो दारुण दशा हेरिनसक्नु छ । बाटोमा कतै प्रहरीले छेक्छ । कतै कोरोना भाइरस सल्किने डरले रैथानेहरु बाटो छेक्छन् । यो व्यवधानयुक्त र कष्टकर यात्रा कहाँ पुगेर टुङ्गिने हो केही थाहा छैन । भोकको डरले ज्यान जोगाउन हिँडेका यी अभागीहरुको न देश छ, न सरकार छ । संविधान नाउँको काइते खोस्टोमा न यिनको कतै स्थान छ, न यिनको किञ्चित् मान छ । चुनावमा कसैलाई सत्तामा उकाल्न यिनले पनि भोट हालेर काँध थापिदिएका हुँदा हुन् । यिनका काँध चढेर माथि जाने राजा भयो, र माथि ऊ नै अलप भयो । यिनका लागि अघि दुख थियो, पछि पनि दुःखै रहिरह्यो ।

मेरा आँखासामु झ्यालहरु खाली छन्, कौसीहरु खाली छन्, छतहरु खाली छन् । मानिसबिनाको सुनसान छिमेकमा मलाई मानिसको त्यसैत्यसै न्यास्रो लागेर आउँछ । र, न्यास्रो मेट्न म हाते बिजुली पर्दातिर आँखा घुमाउँछु । दृश्यमा जे देख्छु, त्यसले मेरो आहत चित्तमा आह झनै बढाइदिन्छ । दरबारबासी सरकारी नेता भन्दैछ, लकडाउनमा कोही भोकले मर्ने छैन । यथार्थ धरातलमा भुइँ मानिसहरु भोकले तड्पिँदै थानकोटबाहिर घर जान आतुर छन् । जानेहरुको लर्कोमा दूधमुखे बालक बोक्ने आमाहरु छन् । सकीनसकी घिस्रिरहेका बृद्धबृद्धा, रोगी र अशक्तहरु छन् । मानिसहरुको त्यो दारुण दशा हेरिनसक्नु छ । बाटोमा कतै प्रहरीले छेक्छ । कतै कोरोना भाइरस सल्किने डरले रैथानेहरु बाटो छेक्छन् । यो व्यवधानयुक्त र कष्टकर यात्रा कहाँ पुगेर टुङ्गिने हो केही थाहा छैन ।


लकडाउन जारी छ, र गरिबगुरुबाको कन्तबिजोक छ । राजधानीमा न गर्नलाई इलम छ, न बस्नलाई बास छ, न खानलाई गाँस छ । बाहिरफेर घर जाऊँ, बाटामा यत्रतत्र लकडाउनको लाठो छ । तथापि अन्धकारको आवरणमा लुकेर लकछाउनलाई छल्दै हूलका हूल मानिस कतिकति दिनको पदयात्रामा बाहिर जाँदै छन् । जता कान थाप्यो, रुवावासीमात्र सुनिन्छ । उदार सरकारले सीमापारि अड्काएका मानिसहरु रोइरहेछन् । करुणामयी सरकारले बाटो थुनेर खाडीमा अलपत्र छाडिएका मानिसहरु रोइरहेछन् । यी जो रोइरहेछन्, यो विकराल सङ्कटमा न यिनको दल छ, न यिनको सरकार छ । यिनका नाउँमा दल र सरकार चलाउनेहरुका दृष्टिमा यी छैनन् । यी मरुन् कि बाँचून्, तिनलाई एकरत्ती पर्वाह छैन । तिनलाई त पर्वाह छ केवल सत्ताको, शक्तिको, सम्पत्तिको, सोखको, मोजको र विलासको ।

झ्याल, कौसी र छतबाट दृष्टि मोडेर म लडकडाउन पीडितहरुको कन्जबिजोक हेरिरहेछु । चप्पल पड्काउँदै कुम्लाकुटुरा बोकेर घर हिँडेकाहरु ठाउँठाउँमा अलपत्र परेका छन् । धपेटी, भोक र भयले थकित, गतिल, निराश र हताश भएर कोही कतै पाखामा लम्पसार परेका छन्, कोही कतै बगरमा मिल्किएका छन् । यस्तैमा दरबारबाट उर्दी जारी हुन्छ— किमार्थ लकडाउन तोड्न नदिनू । जो जहाँ छन्, तिनलाई त्यही रोक्नू । दिनुपरे बरु खान दिनू । आदेशदाता जो हो, ऊ राजा हो । उसका राजसी दृष्टिमा यी रोकिनेहरु मानिस होइन, पशु हुन् । खान पाए पशुलाई पुग्छ, मानिसलाई पुग्दैन । मानिसलाई त बास बस्न ओत चाहिन्छ । सुत्न ओछ्यान चाहिन्छ । र, चैनका लागि सुरक्षा चाहिन्छ । तर राजा भन्छ— जो जहाँ छन्, तिनलाई त्यहीँ रोक्नू । जङ्गलमा भए जङ्गलमै  !  बगरमा भए बगरमै ! खोँच–खोल्सीमा भए खोँच–खोल्सीमै ! कतै अनकन्टार एकलासमा भए अनकन्टार एकलासमै । दूर दरबारबासी राजाको आदेशको निहितार्थ गजप छ । लकडाउन तोड्न खोज्नेहरु मरे बाटामै मरुन्, लोकडाउनको पालना हुनैपर्छ ।


मानिसलाई त बास बस्न ओत चाहिन्छ । सुत्न ओछ्यान चाहिन्छ । र, चैनका लागि सुरक्षा चाहिन्छ । तर राजा भन्छ— जो जहाँ छन्, तिनलाई त्यहीँ रोक्नू । जङ्गलमा भए जङ्गलमै  !  बगरमा भए बगरमै ! खोँच–खोल्सीमा भए खोँच–खोल्सीमै ! कतै अनकन्टार एकलासमा भए अनकन्टार एकलासमै । दूर दरबारबासी राजाको आदेशको निहितार्थ गजप छ । लकडाउन तोड्न खोज्नेहरु मरे बाटामै मरुन्, लोकडाउनको पालना हुनैपर्छ ।


पुग्यो ! मेरो धैर्य निख्रियो । क्रूरतम् कोरोने सङ्कटमा सहाराविहीन अभागीहरुको यो कन्तबिजोक कति हेर्नु ! मेरा उद्विग्न दृष्टि झ्याल, कौसी र छततिरै फर्किए । र, शून्य झ्याल, कौसी र छतहरु हेर्दै विरक्त मुद्रामा म गम खान थालेँ— के कोरोनाको भयले मानिसभित्रको मानवीयता सबै मारिसक्यो ? मानिसलाई मानिसको सहारा चाहिने यो विपतकालमा मानिस किन यतिसाह्रो आत्मकेन्द्रित ? मानिस किन यतिविधि स्वार्थी ? कोरोना भाइरसले डसेर म मरुँ, मेरा असल छिमेकीलाई मानौँ किञ्चित् फिक्री छैन । तिनलाई फिक्री केवल मैले तिनलाई भाइरस सल्काएर मारुँला कि भन्ने कुराको छ । जिउनलायक रहेन त यो संसार !

रित्तो मनले शून्य आकाश हेर्दै पिँडीमा बसिरहेको थिएँ, वडाध्यक्ष शुद्धका सूत्रको फोन आयो । भाइरस टेस्ट गर्ने निम्ता दिन आएको रहेछ फोन । कदाचित् भाइरस देखिइहाले उतैबाट आइसोलेसनमा जानुपर्ला भनेर म फेरबार गर्ने लुगा, दैनिक औषधि र खत्र्याक–खुत्रुक झोलामा बोकेर हिँडेँ । टेस्टको नतिजा नेगेटिभ आयो । अब त मेरा असल छिमेकीहरुका चित्तमा ममाथिको आशङ्का हट्ला र मप्रति धेरथोर उदारता अङ्कुराउला भन्या, नापिएन । तिनका मुन्टा परक्क बटारिएकै छन् । तिनका तर्सिएका आँखा तर्किएकै छन् । तिनका अनुहरमा मृत्युको भय पूर्ववत् छ । म चकित, थकित र आजीत भएँ । र, आफैँलाई सुटुक्क भने— भाइ, कोरानोको करामतले गर्दा जिउनलायक रहेन त यो छिमेक !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.