यदि यी तस्बिरमा कुनै अनुहार देखिएको छ भने तपाईंलाई लागेको छ यो रोग
के तपार्ईं पनि कुनै चीजलाई ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? यदि यसको उत्तर सकारात्मक आउँछ भने तपाईंलाई एक विशेष प्रकारको रोग लागेको छ ।
वास्तवमा यो रोगलाई पेरिडोलिया (Pareidolia) भनिन्छ । यो एक मनोवैज्ञानिक विकार हो । यसमा मानिसहरुले कुनै पनि कुरामा ध्यानपूर्वक हेर्दा त्यसमा कसैको अनुहार देख्ने गर्दछन् । युनिभर्सिटी अफ टोरेन्टोका प्राध्यापक कांग लीले पेरिडोलियामाथि निकै अनुसन्धान गरेका छन् । उनका अनुसार यो समस्याबाट जुधिरहेका मानिसहरुले तनाव लिनुपर्दैन किनभने जसको दिमाग तेज हुन्छ उनीहरुले धेरैजसो वस्तुमा अनुहार देख्ने गर्दछन् ।
के हो पेरिडोलिया ?
यस्ता व्यक्तिहरुले कुनै पनि तस्बिर वा छायाँमा अपरिचित अनुहार देख्ने गर्दछन् ।
यो अनुहार उनको दिमागको उपज हो जसलाई उनीहरु कल्पनामार्फत महसुस गर्ने गर्दछन् ।
थुप्रै पटक मानिसहरुले चट्टान वा ढुङ्गामा पनि अनुहार देख्ने गर्दछन् । यसलाई मिमेटोलिथ्स भनिन्छ ।
हुन त यो रोगले कुनै हानी पुर्याउँदैन तर यदि दिमागमा प्रत्येक पटक डरालाग्दो छायाँ देखिन्छ भने यसले समस्या निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो