शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

सोमबार, २९ वैशाख २०७७, ०९ : ५८
सोमबार, २९ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ । 

यसैगरी, महाशाखाले हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको जानकारी दिएको छ । 

यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो   देशको अधिकांश भू–भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भू–भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप