डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई २ लाख जरिवाना
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।
गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई आज उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए । उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन् । आज नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई रु बीस हजार जरिवाना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ