फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
काठमाडौँ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालकले पे नेप प्राइभेट लिमिटेड (मोरू डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ।
मोरू डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरू डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरू डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरू डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस अन्तर–आबद्धताको साथमा, सम्पूर्ण मोरू डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अवस्थित नेपालभरका झन्डै चौध लाख व्यवसायी स्टोरहरूमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्युआर भुक्तानी गर्न सक्नेछन्।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाका भने, 'हामी मोरू डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ'
मोरू डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले भने, 'हामी फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अवस्थित हुनुभएका देशभरका १४ लाख व्यवसायीहरू माझ, मोरू डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुर्याउन पाउँदा अत्यन्तै खुसी छौं। प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्नेछन्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण