शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को नीति तथा कार्यकम जेठ १० प्रस्तुत हुने

बिहीबार, ०८ जेठ २०७७, १८ : ४४
बिहीबार, ०८ जेठ २०७७

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोभिड १९ को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।

त्यो आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ । यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने र प्रदेश सभामा विपक्षी दलका दिवंगत नेता बलदेव शर्माले पाउने बिमावाफतको १० लाख रकम परिवारलाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप