शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा लैजाँदै गर्दा बालकको मृत्यु

शुक्रबार, ०९ जेठ २०७७, २० : १५
शुक्रबार, ०९ जेठ २०७७

स्याङ्जा। स्याङ्जा पुतलीबजार मालेबगर घर भएका १८ महिने एक  बालकको स्वास्थ्य उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै बालकको निधन भएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख यमप्रसाद शर्माले जानकारी दिए ।

अस्पताल ल्याउनुभन्दा दुई घण्टा अगाडी नै बालकको निधन भएको उनले बताए । उच्च ज्वरो र जण्डीसको बिरामी रहेका ती बालकले पिसाव पनि रगत नै गरेको पारिवारिक स्रोतले जानकारी दिएको प्रमुख शर्माले बताए । 

शर्माका अनुसार बालकलाई मृत अवस्थामा जिल्ला अस्पताल स्याङ्जामा लगिएको थियो । ‘बाबुलाई यहाँ ल्याइपुर्याउँदा उनी मृत अवस्थामा थिए । कोरोना प्रकोप चलिरहेको हुँदा उनको स्वाब निकालेर परीक्षणका लागि गण्डकी प्रदेश प्रयोगशालमा लगिसकिएको छ ।’ प्रमुख शर्माले बताए ।

बालकको स्वाव निकालिसकेपछि उनको सदगद गरिएको शर्माले बताए ।‘ सिडियो साप र मेयर सापहरुको आग्रहमा शवलाई आज नै सदगद गरिएको छ । शव गाड्न जाने व्यक्तिलाई पिपिइ लगाएर पठाएका छौँ  । धेरै भीडभाड नगर्न पनि अनुरोध गरेका छौँ ।’ शर्माले भने ।

शनिवारसँग उनको पिसिआर रिपोर्ट आउने शर्माले बताए । शर्माले निधन भएको बालकको नाम भने गोप्य राखिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप