केन्द्रीय संस्करण
कोरोनाभाइरस

दोहोरो खर्च किन गर्ने ? संक्रमणको जोखिम हेरेर पीसीआरकै दायरा फराकिलो पारौं

नेपालमा अहिलेको कोरोना संक्रमण दोस्रो लहर हो, हाम्रा क्वारेनटाइन रोग सार्ने मुख्य माध्यम बनिरहेका छन् : डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको दोस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग रातोपाटीका लागि टुना भट्टले गरेका कुराकानीको सम्पादित उतार ।

 

नेपालमा आरडीटी परीक्षणमा पोजेटिभ आएर आतंकित बनाउने अनि पिसिआर परीक्षणमा चाहिँ नेगेटिभ आउने घटनाहरु बढी नै आइरहेका छन् । वास्तवमा यस कुराले के संकेत गरिरहेको छः नेपालमा पहिले नै संक्रमण विद्यमान थियो र त्यो निको भइसकेको हो वा अहिले अपनाइएको परीक्षणका तौरतरिकामा नै सोच्नुपर्ने बेला आएको हो?

पीसीआर परीक्षण आधिकारिक परीक्षणविधि हो । यो विधिमा सिधै भाइरस छ कि छैन हेरिने भएकाले पीसीआर परीक्षण पोजेटिभ आयो भने त्यो सतप्रतिशत भाइरस संक्रमण छ भन्ने थाहा हुन्छ । पीसीआर परीक्षण गर्दा संक्रमण छ भने भएकै दिनदेखि संक्रमण रहने दिनसम्मै पोजेटिभ देखाउँछ । तर आरडीटी परीक्षणले भाइरस देखाउने होइन, एन्टिबडी देखाउने हो ।

सामान्यतया कोरोना संक्रमण भएको एक हप्तापछि शरीरले कोरोनासँग लड्नका लागि एन्टिबडीको विकास गरेको हुन्छ । त्यही एन्टिबडी देखिने हो आरडीटीमा । यो संक्रमण भएको एक हप्तापछि मात्र देखिन्छ । संक्रमण सुरुको अवस्थामा छ भने आरडीटी नेगेटिभ देखिन्छ । आरडीटी पोजेटिभ छ र पीसीआर पनि पोजेटिभ छ भने चाहिँ संक्रमण दोस्रो अवस्थामा छ भन्ने बुझ्नुपर्छ । यो वेला भाइरस पनि देखिने भयो र एन्टिबडी पनि देखिने भयो ।

https://m.telegraphindia.com


आरडीटी किट भनेको डायग्नोसिसको लागि प्रयोग गरिने चिज होइन र यो अनुसन्धान अनि सर्वेक्षणका लागि प्रयोग गरिने हो । गुणस्तरीय किटबाट परीक्षण हुन्छ भने नतिजा चाहिँ विश्वसनीय पनि हुन सक्छ ।


आडीटी पोजेटिभ छ र पीसीआर नेगेटिभ छ भने चाहिँ अहिले हाम्रो नेपालमा व्यापक रुपमा देखिएको जस्तै ५० प्रतिशतसम्म त्रुटि हुन सक्छ । आरडीटी किट भनेको डायग्नोसिसको लागि प्रयोग गरिने चिज होइन र यो अनुसन्धान अनि सर्वेक्षणका लागि प्रयोग गरिने हो । गुणस्तरीय किटबाट परीक्षण हुन्छ भने नतिजा चाहिँ विश्वसनीय पनि हुन सक्छ ।

नेपालमा पहिला आएको किट गुणस्तरहीन थियो । अहिले चीन, सिंगापुर अनि कोरियाबाट आएका किटले संक्रमण छ छैन देखाउँछ र यसले आइजीएम, आइजीजी एन्टिबडी पनि देखाउँछ । संक्रमणको दोस्रो हप्तामा छ भने आइजीएम देखिन्छ भने संक्रमण ठिक भएको छ कि छैन र एन्टिबडी विकास भएको छ कि छैन भन्ने आइजीजीले देखाउँछ ।

अहिलेको नेपालको अवस्थाको कुरा गर्दा यो दोस्रो वेभ (लहर) हो । पहिलो वेभ हामी कहाँ जनवरी फेब्रुअरी मै आइसकेको छ । त्यो बेलाबाटै एक किसिमको संक्रमण फैलिएको छ र त्यो धेरै जिल्लामा फैलिएको छ । अहिले परीक्षण गर्दा व्यापक रुपमा आरडीटी पोजेटिभ देखिएको कारण पनि त्यही हो ।

आरडीटी पोजेटिभ देखिएकालाई पीसीआर नेगेटिभ देखिएको छ । ५० जनाको परीक्षण गर्दा १५/१६ जनालाई आरडीटी पोजेटिभ देखिएको थियो । नेपालको अवस्था हेर्दा एक चरणमा संक्रमण पहिले नै फैलिइसकेको छ । र त्यतिबेला नेपालमा केही मानिसको मृत्यु पनि भएको थियो । त्यतिबेला यी कुनै पनि परीक्षण भएका थिएनन् र हामीले ती मृत्युलाई रुघा खोकीले भन्यौं ।

नेपालको अवस्था हेर्दा एक चरणमा संक्रमण पहिले नै फैलिइसकेको हुन सक्छ । र त्यतिबेला नेपालमा केही मानिसको मृत्यु पनि भएको थियो । त्यतिबेला यी कुनै पनि परीक्षण भएका थिएनन् र हामीले ती मृत्युलाई रुघाखोकीले भन्यौं ।


आरडीटी पोजेटिभ देखिनु र पीसीआर नेगेटिभ देखिनु राम्रो संकेत हो । किनकि त्यसको अर्थ हाम्रो समाजका केही प्रतिशतलाई नोबेल कोरोनाभाइरसको संक्रमण भएको छ र केहीमा रोग प्रतिरोधी क्षमताको विकास भएको छ ।

आरडीटी परीक्षणको विश्वसनीयताका बारेमा विश्वका विभिन्न भागहरुमा अनि नेपालमा नै पनि धेरै प्रश्नहरु उठिसकेका छन् । त्यसका बाबजूद सरकारका कामकार्वाही हेर्दा उसले पीसीआर परीक्षणमा भन्दा बढी जोड आरडीटीमा दिएको देखिन्छ । यसबारेमा तपाईंको भनाइ के छ?

आरडीटी परीक्षण किट भनेको सुरुमा प्रेग्नेन्सी परीक्षण गर्ने किट जस्तै किट हो । यो सस्तो पर्दछ । यसलाई प्रयोगशालाको आवश्यकता पर्दैन । जतासुकै बोकेर लैजान पनि सजिलो हुन्छ । अर्को भनेको यो परीक्षण गर्न तालिम प्राप्त तथा विज्ञ स्वास्थ्यकर्मीको आवश्यकता पनि पर्दैन र देखेको भरमा परीक्षण गर्न सक्छन् । यी कोरणले गर्दा आरडीटी परीक्षण किटको व्यापक प्रयोग भएको हो । अझ हाम्रो जस्तो मुलुकमा यो सहज हुने भयो ।

पीसीआर परीक्षण विधि महंगो विधि हो । एउटा पीसीआर प्रयोगशाला स्थापना गर्नका लागि झण्डै २ करोड खर्च हुन्छ । हुन त अहिले पोर्टेवल मेसिन पनि आएको छ तर त्यो त्यति भरपर्दो हुँदैन । त्यसैले पीसीआर प्रयोगशाला नै चाहिन्छ । यसका लागि तालिम प्राप्त विज्ञ अनि दक्ष जनशक्तिको आवश्यकता पर्छ । परीक्षणका लागि लिइने नमूना संकलन ठीकसँग भएन भने परीक्षणको नतिजा गलत आउन सक्छ । त्यसैले यसका लागि पनि विशेष तालिम चाहिन्छ ।


पीसीआर परीक्षण गर्दा प्रति व्यक्ति राज्य कै ८ देखि १० हजार खर्च हुन्छ । फेरि हाम्रो देशमा सीमित प्रयोगशाला र जनशक्ति छन् । यी नै कारणले पनि पीसीआर परीक्षणको दायरा कम भएको देखिन्छ । त्यसैले, राज्यले परीक्षणलाई तिव्रता दिएर जनतालाई आश्वस्त पार्न पनि आरडीटीलाई बडी फोकस गरेको हुनुपर्छ ।


पीसीआर परीक्षण गर्दा प्रति व्यक्ति राज्य कै ८ देखि १० हजार खर्च हुन्छ । फेरि हाम्रो देशमा सीमित प्रयोगशाला र जनशक्ति छन् । यी नै कारणले पनि पीसीआर परीक्षणको दायरा कम भएको देखिन्छ । त्यसैले, राज्यले परीक्षणलाई तिव्रता दिएर जनतालाई आश्वस्त पार्न पनि आरडीटीलाई बडी फोकस गरेको हुनुपर्छ ।

तपाईं विज्ञहरुको कुरा सुन्दा पनि के थाहा पाइन्छ भने पीसीआर परीक्षणले संक्रमणको वर्तमान अवस्थालाई मात्रै देखाउँछ । तत्कालका लागि पीसीआर परीक्षण नेगेटिभ आउनुको अर्थ कोरोनाको संक्रमणबाट मुक्त भइयो भन्ने कुराको लाइफटाइम ग्यारेन्टी चाहिँ होइन । भनेपछि कोरोनाको संक्रमणलाई पत्ता लगाउन,नियन्त्रण गर्न र फैलिन नदिनका लागि सरकारले के कुरामा बढी फोकस गर्नुपर्ने देख्नुहुन्छ?

पीसीआर परीक्षणबाट मात्रै भाइरस संक्रमण छ छैन थाहा हुने भएकाले पीसीआर परीक्षणलाई बढाउनुपर्छ । आरडीटी पोजेटिभ आएपनि पीसीआर नगरी संक्रमण छ–छैन भन्न सकिँदैन । आरडीटीमा नेगेटिभ आएपनि उसको संकास्पद ‘हिस्ट्री’ छ भने पीसीआर गर्नैपर्ने हुन्छ । त्यसैले यो दोहोरो खर्च गर्नुभन्दा संक्रमणको जोखिम हेरेर पीसीआर कै दायरा फराकिलो गर्नुपर्छ । 

अर्को कुरा आज पीसीआर नेगेटिभ आयो भन्दैमा ढुक्क हुन सकिँदैन । आज पीसीआर रिपोर्ट नेगेटिभ आउने भोलिबाट भीडभाड गर्ने, सामाजिक दुरी कायम नराख्ने अनि जथाभावी गर्न थालियो भने जुनसुकै बेलामा पनि संक्रमण हुन सक्छ  ।


आरडीटी पोजेटिभ आएपनि पीसीआर नगरी संक्रमण छ–छैन भन्न सकिँदैन । आरडीटीमा नेगेटिभ आएपनि उसको संकास्पद ‘हिस्ट्री’ छ भने पीसीआर गर्नैपर्ने हुन्छ । त्यसैले यो दोहोरो खर्च गर्नुभन्दा संक्रमणको जोखिम हेरेर पीसीआर कै दायरा फराकिलो गर्नुपर्छ । अर्को कुरा आज पीसीआर नेगेटिभ आयो भन्दैमा ढुक्क हुन सकिँदैन । आज पीसीआर रिपोर्ट नेगेटिभ आउने भोलिबाट भीडभाड गर्ने, सामाजिक दुरी कायम नराख्ने अनि जथाभावी गर्न थालियो भने जुनसुकै बेलामा पनि संक्रमण हुन सक्छ  ।


अहिलेको मुख्य जोखिम क्षेत्र भनेको सीमा नाका नै हो । भारतबाट अव्यवस्थित रुपमा र विनापरीक्षण यति धेरै मानिस छिरेका छन् कि उनीहरुबाट संक्रमण फैलिन थालिसकेको छ । त्यसैले सीमालाई अत्यन्त व्यवस्थित गरिनुपर्छ । स्वदेश फर्कन चाहनेका लागि व्यवस्थित तवरले क्वारेन्टाइनमा राखिनुपर्छ । क्वारेन्टाइन स्थल व्यवस्थित र ठूलो क्षमताको हुनुपर्छ । क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर परीक्षण गरी संक्रमित छुट्याएर अस्पताल वा अन्य आइसोलेसनमा राखी उपचार गर्नुपर्छ ।

नरैनापुरको क्वारेन्टाइनको जस्तो अवस्था भयो भने त्यो के काम भयो र ? उक्त क्वारेन्टाइनमा एक जनाको मृत्यु भएपछि अर्को दिन ४९ जनामा पोजेटिभ देखियो । अहिले उक्त क्वारेनटाइनमा दैनिक संक्रमित थपिएका छन् । यसको मतलब हाम्रा क्वारेनटाइनहरु रोग सार्ने प्रमुख माध्यम बनिरहेका छन् ।


नरैनापुरको क्वारेन्टाइनको जस्तो अवस्था भयो भने त्यो के काम भयो र ? उक्त क्वारेन्टाइनमा एक जनाको मृत्यु भएपछि अर्को दिन ४९ जनामा पोजेटिभ देखियो । अहिले उक्त क्वारेनटाइनमा दैनिक संक्रमित थपिएका छन् । यसको मतलब हाम्रा क्वारेनटाइनहरु रोग सार्ने प्रमुख माध्यम बनिरहेका छन् ।


त्यसैले पहिला त तत्काल डब्लुएचओको मापदण्डअनुसारका क्वारेन्टाइनको विकास गरिनुपर्छ । क्वारेन्टाइनस्थलमा सरसफाइ, स्वच्छ पानी, खाना, शौचालय, औषधी, स्वास्थ्यकर्मीको व्यवस्था, एम्बुलेन्स अनि अस्पतालसँगको समन्वयलाई विशेष ध्यान दिनुपर्छ । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आएपनि लक्षण देखिएकालाई र नदेखिएकालाई अलग अलग राख्ने व्यवस्था हुनुपर्छ ।

दोस्रो भनेको संक्रमित क्षेत्र सिल गरिनु पर्‍यो । लकडाउन सधैँ लम्बाइ राख्न नसकिने भएकाले संक्रमित क्षेत्रबाट आवतजावत बन्द गर्ने, सिल गरिने अवधिसम्मका लागि उक्त क्षेत्रका वासिन्दालाई खानालगायतको व्यवस्थाका लागि सरकारले अभ्यास थाल्नुपर्छ ।

र, अर्को भनेको अब विस्तारै सेमी लकडाउनमा जान सकिन्छ र त्यसका लागि सुरक्षित क्षेत्रबाट सुरक्षित क्षेत्रको यात्रालाई प्रोत्साहन गरिनु पर्छ । जस्तोः काठमाडौंबाट पोखराका लागि यात्रा गर्न सकिने भयो भने काठमाडौंबाट नेपालगञ्ज भैरहवा बन्द गर्ने । सामाजिक र भौतिक दुरी कायम गर्ने, सुरक्षाका लागि अपनाउनुपर्ने जस्तोः मास्क, पन्जा, चस्मा अनिवार्य लगाउने गर्दा संक्रमणबाट बच्न सकिन्छ ।

संक्रमणका कुनै लक्षण नभएका तथा संक्रमितसँग खासै लसपस नभएका हुने खाने र पहुँच हुनेहरुले सरकारी आयोजनामा पीसीआर परीक्षण गर्ने गरेको तर वास्तवमै पीसीआर परीक्षण गर्नैपर्नेहरुले चाहिँ त्यो अवसर प्राप्त नगरिरहेको समाचार पढ्दा देखिन्छ । यो देख्दा तपार्ईलाई कस्तो लाग्छ?

विकसित देशहरुमा हेर्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो स्वेच्छाले पीसीआर परीक्षण गर्न पाउँदैन । जोखिमयुक्तका लागि प्राथमिकता दिनुपर्ने भएकाले जोखिममा नभएकाले पीसीआर परीक्षण गर्न पाउँदैनन् । र, यो व्यक्तिको अनुरोधमा गरिने कुरा पनि होइन ।


विकसित देशहरुमा हेर्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो स्वेच्छाले पीसीआर परीक्षण गर्न पाउँदैन । जोखिमयुक्तका लागि प्राथमिकता दिनुपर्ने भएकाले जोखिममा नभएकाले पीसीआर परीक्षण गर्न पाउँदैनन् । र, यो व्यक्तिको अनुरोधमा गरिने कुरा पनि होइन ।


मानौं मेरो पीसीआर परीक्षण गर्न आयो भने म गर्दिनँ, किनकि मैले गर्ने ठाउँमा अर्को जोखिमयुक्त व्यक्तिले गर्न पाउँछ नि त, हो यो ख्याल गर्नुपर्छ । अहिले पीसीआर गर्दैमा र रिपोर्ट नेगेटिभ आउँदैमा भोलि पोजेटिभ आउँदैन भन्ने होइन ।

पीसीआर परीक्षण गर्ने व्यक्तिको ट्राभल हिस्ट्री हेरिनुपर्छ, संक्रमितसँगको सम्पर्क पुष्टि हुनुपर्छ र उसलाई संक्रमण हुन सक्ने खालका लक्षणहरु देखिनुपर्छ ।  नत्र पीसीआर गर्नु जरुरी छैन । यति महंगो परीक्षण पहुँच कै आधारमा हुनु एकदम गलत हो ।

जनता लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन् । लकडाउनको विकल्पमा जानुपर्ने माग पनि उठिरहेको वेला कसरी संक्रमणबाट बच्न सकिन्छ?लकडाउनको विकल्प के हुन सक्छ?,जोखिमबाट बच्नेबारे यहाँको सुझाव के छ?

संक्रमित दिनदिनै बढिरहेको अहिलेको अवस्थामा १५ दिन जति कर्फ्यूको सैलीमा कडा लकडाउन गरौं । परीक्षणको दायरा व्यापक बनाएर संक्रमित क्षेत्रमा आवतजावत नै बन्द गराउने अनि सिमालाई व्यवस्थित गराउने तर्फ लागौं । मैले अघि नै भनें नि क्वारेन्टाइनको लापर्वाहीले मानिसको ज्यानै गयो । अहिले भित्रभित्रै संक्रमण फैलिरहेको छ । त्यसैले संक्रमित क्षेत्र सिल गरौं ।

लकडाउनलाई लम्ब्याउँदै जानेभन्दा पनि लकडाउनलाई १५ दिनको लागि निकै कडा बनाउनु जरुरी छ । यसोगर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई त आफैँ निको हुन्छ । लक्षण देखिइहाल्यो भने अस्पताल लगिहाल्ने व्यवस्था गरिनुपर्छ । त्यसो गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन ।


लकडाउनलाई लम्ब्याउँदै जानेभन्दा पनि लकडाउनलाई १५ दिनको लागि निकै कडा बनाउनु जरुरी छ । यसोगर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई त आफैँ निको हुन्छ । लक्षण देखिइहाल्यो भने अस्पताल लगिहाल्ने व्यवस्था गरिनुपर्छ । त्यसो गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन ।


१५ दिनपछि लकडाउन खुकुलो गर्नुपर्छ । त्यसका लागि रेड, एल्लो र ग्रीन जोन छुट्याउने । अस्पतालमा आइसोलेसन कक्ष, आइसीयू तथा भेन्टिलेटरको संख्या बढाउने । परीक्षणको दायरा बढाउने अनि संक्रमित क्षेत्रमा आवतजावतलाई बन्द गराउने । 

मुख्य कुरा भनेको नागरिक आफैँ पनि सचेत हुनुपर्छ । अटेरी गर्ने, जथाभावी हिँड्ने मर्निङ, इभिनिङ वाक, सपिङका लागि हुल बाँधेर हिँड्ने काम बन्द गरौं । अहिले जसरी बिहान बेलुका पसल खोल्ने गरिएको छऽ यसो गर्दा मानिसहरु एकैपटक सामान खरिद गर्न जाने हुँदा हुलमुल बढेको छ । त्यसैले बिहान बेलुका बरु कर्फ्यू नै लगाऔं र दिउँसो अलि लामो समय पसल खोल्ने व्यवस्था गर्दा भीडभाड कम हुन्छ ।

र, भिडभाड मुख्य सडकमा नभई भित्री वस्तीमा बढी हुने भएकाले सुरक्षा गस्तीलाई भित्री बस्तीमा परिचालन गरौं ।

मास्कलाई अनिवार्य गरौं । मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने अनि ३ जनाभन्दा धेरैजना संगै हिँडेमा जरिवाना तोकौं । यसो गर्दा अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सहज हुन्छ । अब उही पुरानो मोडेलअनुसार लकडाउन थपिराख्दा थप अन्य समस्या बढ्न सक्ने खतरा देखिएको छ ।


Title photo Background : Background photo created by freepik - www.freepik.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.