मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

२९ कोरोना सङ्क्रमित निको भइ फर्किए घर

सोमबार, १२ जेठ २०७७, २१ : ३४
सोमबार, १२ जेठ २०७७

प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर    फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस प्रदेश अन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ । 

सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२ ,बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र        गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ । यसैबीच, आज थपिएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको छ । 


उनहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा.घिमिरेले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप