इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
शनिबार, १५ वैशाख २०८१, ०६ : ३०

गाजा । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ ।
आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत आमाको गर्भबाट सिजेरियन शल्यक्रिया गरेर निकालिएको थियो । तर बालिकालाई बचाउन सकिएन ।
डाक्टरहरूले बच्चालाई बचाउन सक्दो प्रयास गरेका थिए । बालिकाको फोक्सोमा हावा पुर्याउन हातले सञ्चालित पम्प प्रयोग गरिएको थियो। तर बिहीबार उनको मृत्यु भयो ।
गत हप्ता रफाहमा इजरायली आक्रमणमा १६ बालबालिकाको मृत्यु भएको थियो । उनीहरू सबैको एक आवासीय कम्प्लेक्समा भएको बम विस्फोटमा मृत्यु भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात
-
टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ