मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित (अपडेट)

मङ्गलबार, २० जेठ २०७७, १६ : ३०
मङ्गलबार, २० जेठ २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 

नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ८५ हजार १४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । 

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९२७ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार १२० को मृत्यु भएको छ । युरोपमा २० लाख ४३ हजार ५२२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७४ हजार ८६० को मृत्यु भएको छ । 

एसियामा ११ लाख ७० हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३१ हजार ३८० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ३६९ जनाको मृत्यु भएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप