प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश नम्बर २ को तीन जिल्लाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार पर्सा जिल्लाका १ महिला र ७ पुरूष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ ।
पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेको उपाध्यायले बताए ।
यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै
-
सशक्त बन्दै न्यून चापीय प्रणाली, कहाँ कहाँ छ वर्षाको सम्भावना?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर