बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कतारको पहिलो ‘उद्धार’ उडान रद्ध

सोमबार, ०१ असार २०७७, १९ : ५९
सोमबार, ०१ असार २०७७

युएई। कतारको दोहाबाट काठमाडौंको लागि हुने भनिएको चार्टर उडान रद्ध भएको छ।

जुन १६ र १७ अर्थात् असार २ र ३ गते नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत स्वदेश फिर्तीका लागि तय भएको दुई उडान तालिका स्थगित भएको दोहास्थित नेपाली  दूतावासले सूचना जारी दिएको छ ।

दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुबै चार्टर उडान हाललाई स्थगित गरिएको जनाइएको हो।

उडानको अर्को तालिका सार्वजनिक भएपछि मात्रै जानकारी गराईने दूतावास जनाएको छ। यस्तै बहराइनमा आगामी असार ७ गते मात्रै पहिलो उडान हुने जनाइएको छ । नेपाली दूतावास बहराइनले असार ३ गते हुने भनिएको उडान प्राविधिक कारणले असार ७ मा हुने जनाएको हो।

साउदीको दमामबाट हुने पहिलो उडान पनि रद्ध भएको छ । असार १ गते स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको रियाद स्थित नेपाली दूतावासले जनाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप