फुलाराको ‘साइनो मिटाइ गई’मा झरना
बुधबार, २६ वैशाख २०८१, ०८ : ३८
काठमाडौँ । चर्चित गायिका टिका पुन र गायक दीपेन्द्र प्रसाद दाहालको स्वर रहेको देउडा गीत ‘साइनो मिटाइ गई...’ सार्वजनिक भएको छ । गीतकार भीष्मराज फुलारको शब्द रहेको गीतमा सङ्गीत गायक दाहालकै छ ।
फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको गीतमा भुवनप्रसाद बडुको सङ्गीत संयोजन छ । गीतमा भिडियो रमेश बिजुली बि.सीले निर्देशन गरेका छन् ।
झरना बोहरा, सौगात ओझा र वीर बहादुर बोहराको अभिनय रहेको भिडियोमा अमृत उपाध्यायको छायाङ्कन, शङ्कर साउदको सम्पादन छ । समाजमा विद्यमान जातीय विभेदका कारण मायामा रहेका युवायुवतीले छुटिनुपर्ने बाध्यता भिडियोमा देखाइएको छ ।
गीतकार फुलाराको यसअघि ‘जूनसरी बिलाइगयौँ...’, ‘कस्तो भाइरस आयो...’, ‘म मरे भने यो सहरको डेरामा...’ लगायत थुप्रै गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण