फुलाराको ‘साइनो मिटाइ गई’मा झरना
बुधबार, २६ वैशाख २०८१, ०८ : ३८
_bo6pC8l6je.jpg)
काठमाडौँ । चर्चित गायिका टिका पुन र गायक दीपेन्द्र प्रसाद दाहालको स्वर रहेको देउडा गीत ‘साइनो मिटाइ गई...’ सार्वजनिक भएको छ । गीतकार भीष्मराज फुलारको शब्द रहेको गीतमा सङ्गीत गायक दाहालकै छ ।
फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको गीतमा भुवनप्रसाद बडुको सङ्गीत संयोजन छ । गीतमा भिडियो रमेश बिजुली बि.सीले निर्देशन गरेका छन् ।
झरना बोहरा, सौगात ओझा र वीर बहादुर बोहराको अभिनय रहेको भिडियोमा अमृत उपाध्यायको छायाङ्कन, शङ्कर साउदको सम्पादन छ । समाजमा विद्यमान जातीय विभेदका कारण मायामा रहेका युवायुवतीले छुटिनुपर्ने बाध्यता भिडियोमा देखाइएको छ ।
गीतकार फुलाराको यसअघि ‘जूनसरी बिलाइगयौँ...’, ‘कस्तो भाइरस आयो...’, ‘म मरे भने यो सहरको डेरामा...’ लगायत थुप्रै गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
-
जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित
-
गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीद्वारा उद्घाटन
-
जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ
-
‘सिटामोल’मा अपाङ्गको भूमिकामा सौगात