शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी एस२० अल्ट्रा बजारमा, फोटोग्राफीको परिभाषालाई परिवर्तन गर्ने यस्ता छन् विशेषताहरु

सोमबार, ०८ असार २०७७, १७ : ५२
सोमबार, ०८ असार २०७७

काठमाडौं– नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन प्रस्तुत गरेको छ । 

कम्पनीले यो फोन आफ्नो एस२०/ एस२०प्लसको अपार सफलता एवं विश्वास पछि प्रस्तुत गरेको हो । यसमा कम्पनीले नयाँक्यामरा आर्किटेक्चर एआईलाई समावेश गरेको छ । सामसङको एआईमा भएको वृहत् इमेज सेन्सरले उच्चस्तरीय फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

यसको साथै यस फोनले सहजएवं राम्रो तरिकाले-व्यक्तिगत संगीतको मनोरञ्जन, भिडियोहरुको जीवन्तता एवं अन-द-गोको अवस्थामा पनि विभिन्न खेलहरुको मज्जा लिन सकिन्छ ।

सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउनकै लागि सामसङले नयाँ जेनेरेसन डिभाइसहरु प्रस्तुत गरेको बताए । यसैको सिलसिलामा एआई प्रविधियुक्त क्यामरा प्रस्तुत गरेको र ग्यालेक्सी एस२० अल्ट्राले  सहज एवं राम्रो तरिकाबाट आफ्ना प्रियजनहरुको जीवन्त अनुभवहरुलाई कैद गर्ने क्षमता प्रदान गरेको बताए ।

फोटो खिच्ने तरिकालाई परिवर्त गर्दै
स्मार्टफोनबाट अब फोटो खिच्नु भन्दा बढी, हामी हाम्रो जीवनका पलहरुलाई कैद गरी आत्मकथाका रुपमा प्रस्तुत गर्दछौं, नयाँ स्मार्टफोन किन्नुको प्रमुख कारण पनि यही हो । त्यसैले ग्यालेक्सी एस२० अल्ट्राको डिजाइन नयाँ क्यामरा सिस्टमको साथ गरिएको छ जसमा एआईको साथ अझै राम्रो इमेज सेन्सरको प्रयोग गरिएको छ । जसले गर्दा हरेक क्षणहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ । 

विस्तृत विवरण सहितको आश्चर्यजनक फोटो खिच्ने क्षमता
ग्यालेक्सी एस२० अल्ट्रामा भएको वृहत इमेज सेन्सरले उच्चतम रिजोलुसनको फोटो खिच्दछ । कुनै पनि फोटोलाई  एडिट, क्रपिङ तथा जुमिङ गर्न थप सहजता प्रदान गर्दछ । यो स्मार्ट फोनमा १०८ मोगा पिक्सलको क्यामरा रहेको छ ।

यसमा भएको अर्को सुविधा भनेको वृहत् सेन्सर हो, यसले धेरै प्रकाश लिने गर्दछ, जसले गर्दा कम उज्यालको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको सेटअप फिचरले क्यामरालाई अधिकतम १०८ मेगापिक्सलको मोड र १२ मेगापिक्सलको मोडमा तय गर्ने सुविधा प्रदान गर्दछ । नोना–विनिङ प्रविधिको संयोजनले एक सेन्सर लेभलमा नौ पिक्सल राख्न सक्दछ । 

जुम क्षमता
ग्यालेक्सी एस२० अल्ट्राको स्पेस जुम प्रविधिले हाइब्रिड अप्टिक जुम तथा सुपर रिजोलुसन जुमलाई आत्मसाथ गरेको छ । जहाँ एआई पावर्ड डिजिटल जुमले जति नै टाढा रहेको अवस्थमा नजिकै ल्याई फोटो खिच्न सकिन्छ । यसमा फोल्डेड लेन्स राखिएको छ । जसबाट मल्टि इमेज प्रोसेसिङ गरी इमेजको गुणस्तरीयता कायम गरी जुम गर्न सकिन्छ । यसबाट १००ह को जुम गरी सफा फोटो खिच्न सकिन्छ । 

सिंगल टेक 
क्यामराबाट लिइएको एउटै टेकलाई विभिन्न प्रकारमा लिन सकिन्छ । यसको क्यामरामा भएको एआई प्रविधिले विभिन्न संख्यामा फोटो तथा भिडियोहरु खिच्छद । जस्तैःयसबाट लाभइ फोकस, कर्पड्, अल्ट्रा वाइड तथा अन्य धेरै उत्कृष्ट प्रकारहरुमा आफ्ना क्षणहरु कैद गर्न सकिन्छ । 

उच्चस्तरीय फिल्मिङ क्षमता
ग्यालेक्सी एस२० अल्ट्राले ८के भिडियो खिच्ने क्षमता राख्दछ, यसले गर्दा प्रयोगकर्ताले उच्चस्तरीय एवं प्राकृतिक संसारलाई जस्ताको तस्तै कैद गर्न सक्नुहुन्छ । आफूले भिडियो खिचि सकेपछि त्यसलाई सामसङको क्यूएलईडी ८केमा उच्चस्तरीय अनुभवका साथ हेर्न सकिन्छ र त्यहाँबाट हाइरेज फोटोमा परिवर्तन गर्न पनि सकिन्छ ।

यसमा भएको एआई मोसन एनालाइसिस सुपर स्टेडी तथा एन्टि रोलिङ स्टेविलाइजेशजले एक्सन क्यामले खिचेको जस्तै गरी खिच्न सकिन्छ । 

फोनमा सहज एवं उत्कृष्ट रुपमा सोचेभन्दा धेरै गर्न सकिन्छ । यसमा भएका विभिन्न फिचरहरु तथा अन्य विभिन्न सेवा प्रदायकहरुसँग गरिएको साझेंदारीका कारण अझै बढी सुविधा प्राप्त गर्न सकिन्छ । यो फोन आज कसरी फोनको प्रयोग गर्ने भन्न ग्राहकहरुको लागि निर्माण गरिएको हो । 

युट्यूव ८के
भिडियोको लागि सामसङले युट्यूवसँग सहकार्य गरेको छ । यसबाट आफ्नो भिडियोहरु संसार सामु सहजै सेयर गर्न सकिनेछ । मोबाइलमा खिचेका भिडियोहरु सोझै युट्यूवमा अपलोड गर्न सकिने छ ।

गेमिङ्ग
यसमा नयाँ जमानाको गेमिङ्गको मज्जा लिन सकिन्छ । यसको १२०Hz डिस्प्लेले कुनै पनि गेम खेल्दा स्मुथ गेमिङ्गको मज्जा दिन्छ । फोनमा भएको फास्ट प्रोसेसर, १२ जिवी ¥याम, एकेजी अडियो तथा गेम बुस्टर जस्ता विशेषताले फोन चलाउनुको वेग्लै अनुभव प्रदान गर्दछ । 

मूल्य 
सामसङ ग्यालेक्सी एस२० अल्ट्रा फोन जुन २३ देखि नेपालका सामसङ ब्राण्ड स्टोरहरुमा विक्री हुनेछ । यो फोनको नेपाली बजारमा मूल्य रु. एक लाख ५९ हजार नौं सय ९९ तय भएको छ । यो फोन सेट विभिन्न दुई कलर कस्मिक ब्लयाक तथा कस्मिक ग्रेमा उपलब्ध हुनेछ । 

ग्यालेक्सी एस२० अल्ट्राको खरिदमा ग्राहकले निःशुल्क रुपमा ग्यालेक्सी बडस् प्लस प्राप्त गर्न सकिनेछ । इउमआईको सुविधा, १ वर्षसम्मको ब्रेकेज इन्स्योरेन्स तथा एक्स्चेञ्ज सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप