रुपन्देहीमा कार दुर्घटनामा परी पत्रकारको मृत्यु
बुटवल । शिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभरटोलमा मध्यराति भएको सवारी दुर्घटनामा बुटवलका एक पत्रकारको मृत्यु भएको छ । आफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का बुटवल संवाददाता कृष्णबाबु पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राति नै अस्पतालमा मृत्यु भएको हो । कार सडक किनारको फलामे बारमा ठोक्कीदा दुर्घटना भएको हो ।
पोष्टमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आबद्ध पाण्डेले दर्जनौँ म्युजिक भिडियोहरुमा पनि खेलेका छन । उनी न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न