प्रतिवन्धित नेकपाका ६ नेता–कार्यकर्ता पक्राउ
कैलाली । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली जिल्लाका ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर वि.क.सहित लक्की शाह, डम्वर सुनार, सुवाष जोशी, प्रकाश रावल र बबर जंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।
लामो समयदेखि धनगढी उपमहानगरपालिका वडा नं. ९ वस्ने दल बहादुर वि.क. विक खरखजना विष्फोटक पदार्थ र संगठित अपराध मुद्धामा फरार रहेकोमा प्रहरीले उनलाई आज धनगढी उपमहानगरपालिका जुगेडाबाट पक्राउ गरेको थियो । सोही क्रममा उनीसँगै रहेका अन्य ५ जनाले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी भगाउन खोज्दा उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन