शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६४.२ प्रतिशत संक्रमित निको भए, काठमाडौंमा ७ जना संक्रमित थपिए

बुधबार, ३१ असार २०७७, १६ : ३३
बुधबार, ३१ असार २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ । 

यसैगरी बितेको २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कूल संख्या ११ हजार २५ पुगेको छ। 

अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ । 

कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप