सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी जोर्डन सरकारले आयोजना गरेको ११ औँ एसिया प्रशान्तका सहकारी मन्त्रीहरूको सहकारी सम्मेलनमा भाग लिनका शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
जोर्डन सरकारको निमन्त्रणमा मन्त्री अधिकारीले मन्त्रालयका सचिव गोकर्णमणि दवाडी र सहकारी क्षेत्र हेर्ने सह–सचिवलाई साथमा लिएर जोर्डन प्रस्थान गरेका हुन् ।
उक्त सम्मेलनमा मन्त्री अधिकारीले आर्थिक विकासमा सहकारीको योगदान, नेपालको प्रयास र कानुनी व्यवस्थाका सम्बन्धमा प्रमुख वक्ताका रूपमा प्रमुख मन्तव्य दिने कार्यक्रम रहेको उनको सचिवालयको भनाइ छ ।
विभिन्न देशमा सहकारीहरूको विकास, प्रवर्द्धन र नियमन गर्नका लागि सरकारी स्तरमा भएका प्रयास र व्यवस्थाबारे मन्त्रीस्तरमा अनुभव आदानप्रदान गर्न र अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको बलियो उपस्थिति र प्रभाव छोड्न भ्रमण फलदायी हुने मन्त्रालयले जनाएको छ ।
जोर्डन सरकारले एसिया प्यासिफिकका मन्त्रीहरूको सहभागितामा वैशाख १६ गतेदेखि १८ गते सम्म जोर्डनको डेड सीमा मन्त्रीस्तरीय सम्मेलनको आयोजना गरेको हो । मन्त्री अधिकारी वैशाख १८ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण