आयोगका कर्मचारीले जलाए तीन हजार थान प्रचारसामग्री
मङ्गलबार, २७ भदौ २०७४, १९ : ०८
काठमाडौं– निर्वाचन आयोगका कर्मचारीहरुले यही असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा आचारसंहिताविपरित प्रयोग भएका तीन हजार थान प्रचारसामग्री जलाएका छन् ।
प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका लागि आयोगबाट खटिएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वको टोलीले मंगलबार बाराका विभिन्न सार्वजनिक स्थानबाट तूल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरेको निर्वाचन आयोगपका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
स्थानीयबासीको गुनासोपछि अनुगमनकर्ताले त्यस क्षेत्रको अनुगमन गरेका थिए ।