नेकपाका केन्द्रीय सदस्य सापकोटालाई हृदयघात
आइतबार, २५ साउन २०७७, २२ : ३३
१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा देशबन्धुुलाई हृदयघात भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका उनलाई आइतरबार दिउँसो हृदयघात भएको हो ।
आजै उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको छ । देशबन्धु सभामुख अग्नि सापकोटाका भाई हुन् ।
सभामुख सापकोटाले उनको शल्यक्रिया सफल भएको जानकारी दिएका छन् ।