शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकप्रिय बन्दै ‘तितो पिरो’

बुधबार, २८ साउन २०७७, १२ : ४९
बुधबार, २८ साउन २०७७

काठमाडौं । हास्य सिरियल ‘तितो पिरो’ले लोकप्रियता हासिल गर्न सफल भएको छ । गत वर्षबाट प्रसारण सुरु भएको यो सिरियल रमाइलो टेलिभिजनबाट हरेक आइतबार साँझ प्रसारण हुँदै आएको छ । 
कोरोना महामारीका बीच पनि आफ्नो प्रसारणलाई निरन्तरता राख्दै आएको सिरियले गत आइतबारबाट ५२ भाग पुरा गरेको हो ।

दर्शकको मन जित्दै ५२ भाग पुग्न सफल भएको सिरियललाई अझ राम्रो बनाउने कोसिसमा यसको निर्माण युनिट लागेको छ । सिरियलमा निर्माता अनिश खतिवडा हुन् । 
रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा , भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी (गुन्द्रुके), धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा, श्रीदेव आचार्य, गंगा थापा साथै बाल कलाकार कुशलमणी गजुरेल, कृषा गजुरेलको अभिनय सिरियलमा देख्न सकिन्छ । 

सिरियलका निर्देशक पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडा हुन । निर्देशक भोलाले लकडाउन तथा कोरोना महामारीका बीच पनि सावधानिका साथ सिरियलको छायाँकन गर्दै प्रसारणमा ल्याइने गरेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप