महोत्तरीको रामगोपालपुर नगरपालिकामा माओवादी विजयी
शुक्रबार, ०६ असोज २०७४, १२ : ०३
महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको छ ।
मेयर र उपमेयर पदमा माओवादी केन्द्रका अशोक मण्डलले २९४४ मत ल्याएर विजयी भएका छन् भने उपमेयर पदका उमेदवार सितादेवी साह २८९१ मत ल्याएर विजयी बनेकी हुन् ।
उनिहरुका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम यादवले २७५९ मत ल्याए भने उपमेयरका प्रतिद्वन्द्वी पुष्पादेवी महतोले २८५६ ल्याएकी छन् ।