शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलाद्वारा दशैं प्रोमो सात बिजेतालाई पुरस्कार हस्तान्तरण

शुक्रबार, ०६ असोज २०७४, २१ : ५७
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं–  कोका–कोला नेपालले यो वर्षको दशैं प्रबद्र्धनात्मक योजनाका भाग्यशाली विजेताहरुलाई मेगा उपहारहरु हस्तान्तरण गरेको छ । अघिल्लो साता कोकाकोलाले २५ सय भन्दा बढि बिजेताहरुको नाम घोषणा गरेको थियो । 

सात भाग्यशाली बिजेताहरुले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक, २८ उपभोक्ताहरुले  एलजी एलईडी टिभी र २८०० जनाले मोबाइल रिचार्ज कार्ड जितेका छन् । शुक्रबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा, ३ वटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, र ७ वटा एलजी एलईडी टिभी भाग्यशाली बिजेताहरुलाई क्रमशः हस्तान्तरण गरिएको थियो । 

भाग्यशाली बिजेताहरुलाई कार्यक्रममा स्वागत गर्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित वार्सनेले कोकाकोलाले संचालन गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रबद्र्धनात्मक कार्यक्रम भएको बताए । यसअघि नै ४ हजार भन्दा बढि मानिसहरुले यसमा सहभागी भएर बाइक, टिभी र मोबाइल टक टाइम जितिसकेको उनले बताए । यो अभियानको समाप्तिसँगै १७ हजार भन्दा बढि भाग्यशाली बिजेताहरु हुने बोटलर्स नेपालले जनाएको छ ।  

टिभीएसको तफ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले कोकाकोलासँग सहकार्य गर्न पाउनु निकै ठूलो अवसर भएको बताए । 

यस्तै, एलजीका ब्राण्ड म्यानेजर आस्तिक रानाभाटले विभिन्न कम्पनीहरुले फरक फरक कम्पनीहरुसँगको सहकार्यमा क्रस–प्रमोशन संचालन गर्ने प्रवृत्ति दशैं, तिहार र छठको अवसरमा चलिरहेको बताए । 

यो अभियान यहि असोज ३० गते सम्पन्न हुने जनाइएको छ । यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजेभित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । 

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिलिलिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिन सकिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप