शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण सुडानका एक लाख शरणार्थी इथियोपियामा विस्थापित

शनिबार, ०७ असोज २०७४, १८ : ०१
शनिबार, ०७ असोज २०७४

आडीस अबाबा – दक्षिण सुडानका एक लाख भन्दा बढी शरणार्थीहरु सन् २०१६ भरीमा इथियोपियामा विस्थापित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सेक्टेम्बरदेखि यति धेरै संख्यामा शरणार्थीहरु विस्थापित भएका हुन् । 

दक्षिण सुडानमा गत सन् २०१३ को डिसेम्बरदेखि नागरिक द्वन्द्व भईरहेको छ । सो द्वन्द्वमा परी अहिलेसम्म तीन लाख ३० हजार जना शरणार्थी भएका छन् र एक लाख १५ हजार जना हिंसामा परेका दुवै संस्थाले संयुक्तरुपमा शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख छ । शरणार्थीको संख्या सन् २०१६ को सेक्टेम्बरदेखि अत्याधिक धेरै बढेको तथ्यांकले देखाएको छ । पछिल्लो छ महिनामा मात्रै झन्डै ६० हजार शरणार्थी विस्थापित भएका छन् । 

गुरे शेम्बोलामा नयाँ बनाइएको शिविरहरुमा रहेका झन्डै तीन हजार १२२ जना शरणार्थीलाई गाम्बेलामा रहेका शिविरहरुमा सारिएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार विस्थापित भएका शरणार्थीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । शरणार्थी भएका बालबालिकामा कोही बाबुआमाबाट नै छुट्टीएका छन् भने कोही बावु वा आमामध्ये एक जनाबाट छुट्टीएका छन् । 

अफ्रिकी देशमध्ये इथियोपिया सबैभन्दा धेरै शरणार्थीहरु रहेको देश हो भने त्यसपछि धेरै शरणार्थी युगान्डामा रहेका छन् । इथियोपियाले शरणार्थीहरुका लागि ‘ढोका खुल्ला’को नीति लिएको छ । त्यसैले छिमेकी देशहरुबाट नयाँ शरणार्थीहरुलाई लगातार स्वागत गरिरहेको छ । विषेश गरेर दक्षिणी सुडान, सोमालिया,सुडान र यमनबाट इथियोपियामा शरणार्थीहरु आउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप