शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी

सोमबार, ०९ असोज २०७४, १५ : ०९
सोमबार, ०९ असोज २०७४

कलैया । कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । 

एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याएका थिए । 

त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उनको निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गरिन् भने माओवादी तेस्रो स्थानमा रहेको छ । 

नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप