सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने
काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।
कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।
सरकारी तथा निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो ।
चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल