शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवले सुनाए पार्टी फुट्दा हुने हिसाव–किताव

बुधबार, १४ माघ २०७७, १४ : १४
बुधबार, १४ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी वैचारिक र राजनीतिक रुपमा पार्टी फुटिसके पनि कानुनी रुपमा नफुटेको बताएका छन् । उनले नेकपा विभाजन हुनुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबरी दोषी रहेको पनि आरोप पनि लगाएका छन् । 

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने गर्दा अहिलेको अवस्था आयो’ गौतमको भनाई छ ।  बुधबार पार्टी एकता घोषणा अभियानको घोषणा गर्दै गौतमले पार्टी एक भएरै छाड्ने दावी पनि गरे । 

अहिले विभाजित नेकपाका दुवै पक्षले निर्वाचनबारे आ–आफ्नै दावी पेश गरिरहेको भन्दै केपी शर्मा ओली पक्षले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षले दुई तिहाइ ल्याउने र प्रचण्ड माधव पक्षले २ वर्षपछि हुने निर्वाचनमा ल्याउने भनिरहे पनि त्यो विश्वास गर्न नसकिने गौतमको भनाई छ । 

गौतमले अघिल्लो निर्वाचनको हिसाव किताव सुनाउँदै गत चुनावमा पार्टी एकता गरेर जाँदा नेकपाको पक्षमा लहर आएको र जम्मा ४३ लाख मत आएको पनि सुनाए ।  उनले त्यसबेला काँग्रेसले ३० लाख मत ल्याएको भन्दै अहिलेको अवस्थामा नेकपामा लहर नआउने बताए । ‘अहिलेसम्म ५,७ लाख मतदाता बढे होलान् । दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ’, गौतमको भनाई छ । 

उनले काँग्रेसको भोट बढ्ने प्रक्षेपण गर्दै पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्ने हिसाब सुनाए ।  पार्टी अलग–अलग भएर चुनाव लड्दा पराजित हुने भन्दै दुई चार ठाउँमा जित्न सकिए पनि अर्कै पार्टी सरकारमा पुग्ने पक्का भएको बताए । उनले अबको पार्टी माक्र्सवादमा आधारित समाजवादी पार्टी बन्ने दावी समेत गरे । दुई चरणमा पार्टी एकता अभियान चलाउने र अन्तिममा पार्टी एकता नभए त्यसपछि अभियानको बैठक बसेर निर्णय गर्ने तर आफ्नो छुट्टै पार्टी नहुने गौतमले जानकारी पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप