केन्द्रीय संस्करण

प्रणय दिवसमा डा.उपाध्यायले पुस्तकमा ल्याए ‘कफी लभ’

person explore access_timeफागुन ३, २०७७ chat_bubble_outline0

काठमाडौँ । गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डिआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरेका छन् ।  आइतबार प्रणय दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले पुस्तक  संयुक्त विमोचन गरे ।

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यासमा रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका ५ नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित रहेको लेखक उपाध्यायले बताए ।

कार्यक्रममा कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेका बताए । आख्यानकार भुवनहरि सिग्देलले उपन्यास कफी लभ’ले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको बताए । उनले समकालीन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने समेत बताए ।

लेखक उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको संगतमा रहि उनीहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको उनले जानकारी गराए । कवि हेम प्रवास, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सरद अधिकारीले लेखक उपाध्याको चर्चा गरेका थिए ।

पुस्तकको सम्पादक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले गरेका हुन् । आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार डि.आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको क्षेत्रीले बताए । घटना, स्थान, परिवेश र सम्वादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने उनको भनाई रहेको छ । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको उपन्यास २४० पृष्ठको रहेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.