घिमिरे निर्देशित ‘सुनसान मन’मा केकीको अभिनय
शनिबार, ०८ फागुन २०७७, १० : २२
काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् । उनलाई निर्देशक मदन घिमिरेले भिडियोमा उतारेका हुन् ।
थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा देखिदै आएका छन् । गीतकार, चलचित्र निर्माता समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।
काठमाडाैं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायाँकन भएको भिडियोमा रामेश्वर हुमागाईको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज