
एकपटक पुनः लोकतन्त्रको जित भएको हो : मन्त्री सोनल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले एकपटक पुनः लोकतन्त्रको जित भएको प्रतिकृया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलवार बदर गरेपछि उनले भने – संसद विघटनले गर्दा जनता निराश भइसकेका थिए, लोकतन्त्र नै खतरामा परेको हो कि भनि आशंकाहरु भइरहेको थियो तर आज सर्वोच्च अदालतले गरेको निर्णयले लोकतन्त्र झन बलियो भएको र लोकतन्त्रप्रति जनताको विश्वास बढेको छ ।
प्रधानमन्त्री ओलीको कदमप्रति सर्वोच्च अदालतप्रति विभिन्न आशंकाहरु भइरहँदा अदालतले जनताको विश्वासलाई टुट्न नदिएको बताए । उनले सर्वोच्च अदालतले संविधानलाई रक्षा गरेको पनि बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ