प्रदेश प्रमुख राजेश झाको क्रियाकलापप्रति राज्यमन्त्री यादवको आपत्ति
जनकपुर । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवले प्रदेश प्रमुख राजेश झाले असंवैधानिक क्रियाकलाप गर्दै प्रदेश सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को यूवा संगठनका अध्यक्षसमेत रहेका राज्यमन्त्री यादवले प्रदेश प्रमुख झाले प्रदेश सरकारविरुद्ध गम्भीर षड्यन्त्र गर्दै राष्ट्र सेवक कर्मचारीहरुलाई सरकार विरोधी कार्य गर्न निर्देशन दिएको आरोप लगाए ।
राज्यमन्त्री यादवले भने, प्रदेश सरकारका मुख्यसचिव, सचिव, अधिकृत र राष्ट्र सेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश सरकारलाई असहयोग गर्ने गरि दिइएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षणसँगै घोर भत्र्सना गर्दछु ।
उनले रातोपाटीसँग कुराकानी गर्दै भने, प्रदेश प्रमुख झाले संघीयता विरोधी चरित्र देखाउँदै राष्ट्रसेवक कर्मचारीलाई आफुसँग सहकार्य र समन्वयमा गर्न निर्देशन दिएको जानकारी मलाई प्राप्त भएको छ । प्रदेश प्रमुख झाले हिजो राष्ट्रसेवक कर्मचारीहरुलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश प्रमुखको कार्यालयमा बोलाएर संघीयता विरोधी क्रियाकलाप गर्नु भएको छ । यस घटनाप्रति मेरो आपत्ति छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम उल्ट्याइदिएको भन्दै प्रधानमन्त्री ओलीले पुस ५ गतेयता गरेका हरेक निर्णय र नियुक्तिहरु समेत बदर हुने भएकोले तत्काल खारेजीको माग गरे ।
उनले समाजिक संजालमा यस्तो लेखेका छन् – 'सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीति नियुक्ति स्वत बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ । साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको निरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु समेत आपत्तिजनक रहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’