जुम्ल्याहा दाजुभाइ शल्यक्रियापछि बने दिदी बहिनी, हजुरबुवाले सम्पत्ति बेचेर दिएका थिए सर्जरीको पैसा
ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर शल्यक्रिया पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा शल्यक्रिया गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले शल्यक्रिया गराउने निर्णय लिएको बताए ।
ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो शल्यक्रियाको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।
अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै असहज महसुस गर्दथेँ ।’ मायला र सोफियाले यौन हिंसा र उत्पीडन जस्तो स्थितीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।
साओ पाउलोमा सिभिल इन्जिनियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्यधिक छ । मानिसहरु यहाँ तेस्रो लिङ्गीलाई असाध्यै उत्पीडन गर्छन् । स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघिल्लो वर्ष ब्राजिलमा १७५ जना मारिएका थिए । यो अन्य देशको तुलनामा असाध्यै धेरै हो ।
सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा मजाक उडाउन सक्ने र हामीलाई उत्पीडन गर्न सक्ने डरले निकै सताउँथ्यो । मेरा हजुरबुवाले शल्यक्रियाका लागि पैसा दिएका थिए । २० हजार डलरको यो शल्यक्रियाका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’
स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् । ४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा सिल्वा भन्छिन्, ‘मलाई सधैं लाग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई छोरीलाई झैं व्यवहार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’
मायला र सोफियाले आफ्नी आमालाई एक बलियो सर्पोट बताउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू