मेस्सीको प्रेरणामा दोस्रो स्थानमा उक्लियो बार्सा
फर्ममा रहेको सेभियालाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी दुई अंकमा झार्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हरायो ।
बार्साको जीतमा कप्तान लियोनेल मेस्सी पुनः नायक रहे । खेलको २९ औँ मिनेटमा उनले ओसमान डेम्बेलेका लागि गोलको अवसर सिर्जना गरे भने दोस्रो हाफको अन्त्यतिर आफै गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । योसँगै सेभियाको घरेलु प्रतियोगितामा १० खेलको जीतको शृङ्खलामा पूर्णविराम लागेको छ ।
सेभियाविरुद्ध उनको यो ३८ औँ गोल थियो । मेस्सीले लगातार ला लिगाका पछिल्ला ८ खेलमा गोल गर्न सफल भएका छन् । उनले यस क्रममा १२ गोल गर्दै ला लिगाको गोल्डन बुटको रेसमा लुइस सुवारेजलाई ३ गोलले उछिनेका छन् ।
यसअघि बार्साका लागि क्लेमेन्ट लेङलेटको गोल रद्द गरिएको थियो भने सेभियाका लागि युसेफ एन नेसरीको गोल पनि अफसाइड कै कारण रद्द भएको थियो ।
५ खेलबाट बार्सिलोनाको ५३ अंक रहेको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिकोको ५५ अंक रहेको छ । यद्यपि, डिएगो सिमिओनीको टोलीले २ खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै