शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट समर्थन फिर्ता लिनेबारे माओवादी अनिर्णितः काँग्रेस र जसपासँग छलफल गर्ने

मङ्गलबार, २५ फागुन २०७७, १५ : ४६
मङ्गलबार, २५ फागुन २०७७

नेकपा माओवादी केन्द्रले सरकार र सदन सञ्चालनबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने भएको छ । पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन ।

आज पार्टी मुख्यालयमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए । यद्यपि, अहिले नै समर्थन फिर्ता लिने बारे भने कुनै निर्णय नभएको जानकारी दिए । ‘हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ । तर, अहिले मुख्य जोड नेपाली काँग्रेस र जसपासँगको छलफलमा छ,’ श्रेष्ठले भने ।

आजको बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप