वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिहीबार, २६ चैत २०७७, १४ : १८
काठमाडौं–सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ ।
६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।
कोरोना भाइरस कोभिड—१९ को संक्रमण बढ्दै गएकाले सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
कोरोनाकै कारण बालबालिकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम भने स्थगन गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न