रुपन्देहीमा बसको ठक्करबाट १ जनाको मृत्यु
आइतबार, २९ चैत २०७७, १७ : ५३
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनालको मुत्यु भएको छ । भने सोही ठाउँ कै २० वर्षका फिरज क्षत्री गम्भिर घाइते भएका छन् । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?