शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२ वर्ष जेल सजाय तोकिएकी फरार महिला पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, ११ : ३६
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ । 

घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला अदालत दाङले ०७६ कार्तिक ६ मा  लेनदेन मुद्दामा कसुर ठहर गर्दै उनलाई २ बर्ष कैद हुने फैसला गरेको थियो । घोराही उप–महानगरपालिका स्थित मिलनचोक बस्ने धन मायालाई घरबाट पक्राउ गरेर अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत दाङको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप