बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनलाई अमेरिकाको चेतावनी

शनिबार, १५ वैशाख २०८१, १० : २८
शनिबार, १५ वैशाख २०८१

वासिङ्टन । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ । यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् ।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठुलो खतरामा परेको र चीनले त्यसको विरुद्धमा काम गरिरहेको ब्लिङ्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए ।तर, ब्लिङ्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।

ब्लिङ्केनले अमेरिका केही विषयमा अगाडि बढेको सङ्केत गरेका छन् । ब्लिङ्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप