चीनलाई अमेरिकाको चेतावनी
वासिङ्टन । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ । यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् ।
शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठुलो खतरामा परेको र चीनले त्यसको विरुद्धमा काम गरिरहेको ब्लिङ्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए ।तर, ब्लिङ्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।
ब्लिङ्केनले अमेरिका केही विषयमा अगाडि बढेको सङ्केत गरेका छन् । ब्लिङ्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।
शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण