शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चुनावी सभामा प्रतिबन्ध

शुक्रबार, १० वैशाख २०७८, १६ : ४०
शुक्रबार, १० वैशाख २०७८

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

भारतका राज्यहरूमा यो वर्ष शृङ्खलाबद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ ।  देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप