अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ
शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।
बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ ।
बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।
अपराध महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले कुलेश्वर, थापाथली र ग्वार्को लगायतका ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने एसएसपी खापुङले बताए ।
आहा इन्डष्ट्रिज प्रा.लिमा काम गर्ने मोरङ घर भएका ४४ वर्षीय विशाल आचार्यले चिनबाट मास्कको तुनामा लुकाएर सो अक्सिमिटर काठमाडौं ल्याएको प्रहरीलाई बताएका छन् ।
न्युरोडको डिएण्डडि इन्टरप्राइजेज मार्फत चिनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्सभित्र लुकाएर अक्सिमिटर ल्याएको उनले प्रहरीलाई बताएका छन् । कमसल गुणस्तरको सो अक्सिमिटरको बजार मुल्य करिब ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल