शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले बराबरी गरे क्लोसको कीर्तिमान

शनिबार, ०५ असार २०७८, २२ : ३०
शनिबार, ०५ असार २०७८

क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बराबरी गर्न सफल भएका छन् । रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । जर्मनीविरुद्ध उनको यो पहिलो गोल पनि हो ।

उक्त गोलसँगै विश्वकप र यूरोकपमा जोडेर सर्वाधिक गोल गर्ने कीर्तिमानलाई रोनाल्डोले बराबरी गरेका हुन् । जर्मनीका मिरोस्लाभ क्लोसले दुई शीर्ष प्रतियोगितामा कूल १९ गोल गरेका थिए । रोनाल्डोले पनि दुईवटा प्रतियोगितामा आफ्नो गोल संख्या १९ पुर्याएका छन् ।

यता, सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानबाट रोनाल्डो मात्र २ गोल टाढा रहेका छन् । ३६ वर्षीय खेलाडीको १०७ गोल रहेको छ भने इरानका अली देइको १०९ गोल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप