शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीआईटीको कोभिड प्रभावित बिशेष सापटी सुविधा, जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने

आइतबार, ०६ असार २०७८, १६ : ५६
आइतबार, ०६ असार २०७८

काठमाडौं । कोभिड १९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोष(सीआईटी)ले बिशेष सापटी सेवा संचालनमा ल्याएको छ । ‘कोभिड प्रभावित विशेष सापटी’ नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कोषले जनाएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएको अवस्थामा यस्तो योजना ल्याएको सीआईटीले जनाएको छ । 

यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

यस सापटीमा कर्मचारी वचत बृद्धि अवकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर  निर्धारण गरिएको पनि कोषले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप