शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

सोमबार, ०६ कात्तिक २०७४, १४ : ४२
सोमबार, ०६ कात्तिक २०७४

इनरुवा -सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । 

जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो । 
अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन गरिरहेका छन् । 

यहाँका विद्यालय विद्यार्थी लक्षित नभएर व्यक्तिगत स्वार्थका लागि खुलेकाले यतिबेला समस्यामा परेको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप