शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीलाई मेरिट अवार्ड

बुधबार, २९ कात्तिक २०७४, १७ : ४३
बुधबार, २९ कात्तिक २०७४

 काठमाडौं–  चन्द्रागिरी हिल्स लिमिटेडलाई ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’ बाट सम्मान गरिएको छ ।  स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुपकार्य गर्दै आएकोले मेरिट अवार्डले सम्मान गरिएको बताइएको छ । 

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानर सिएनआईले आयोजना गरेको कार्यक्रम चन्द्रागिरि हिल्स लिमिटेडलाई सम्मान गरिएको हो । चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘ बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।

‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा ,व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेकोे भन्दै फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यवसायीकफर्मलाई प्रत्येक वर्ष सम्मान गर्दै आइरहेको छ ।

सम्मान ग्रहणपछि संस्थापक अध्यक्ष हेमराज ढकालले  चन्द्रागिरि हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको  हुँदा सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको धारणा राखे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप