शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर  यसरी मिल्यो बाम गठबन्धनकोे विवाद (हेर्नुस विज्ञप्तिसहित)

बुधबार, २९ कात्तिक २०७४, २० : १२
बुधबार, २९ कात्तिक २०७४

हेमराज ढकाल

भक्तपुर – भक्तपुरमा उम्मेदवारी दर्ताका क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा बढेको विवाद मिलेको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मुलुकभर बाम गठबन्धन बनाई ६०–४० को भागबण्डा गरेकोमा भक्तपुरमा माओवादीको भागमा परेको निर्वाचन क्षेत्र नं. १ प्रदेश १(क) चाँगुनारायणमा एमाले र माओवादी केन्द्र दुवैका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि गठबन्धन संकटमा परेको थियो ।

भक्तपुरमा विवाद बढ्दै गएपछि दुवै पार्टीको केन्द्रिय नेतृत्वले विवाद मिलाएर सहमति गर्न निर्देशन दिएपछि आज दुवै पार्टीको संयुक्त बैठक बसि ४ बुँदे सहमती भएको छ ।सहमति अनुसार निर्वाचन क्षेत्र नं. १ प्रदेश १(क) चाँगुनारायणमा नेकपा एमालेलाई समर्थन गर्दै माओवादी केन्द्रका उम्मेदवार डिपि ढकालले उम्मेदवारी फिर्ताको घोषणा गर्ने निर्णय गरिएको माओवादी केन्द्रका पोल्युटव्युरो सदस्य देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

संयुक्त बैठकले नेकपा एमालेका कन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोम मिश्र र माओवादी केन्द्रका पोल्युटव्युरो सदस्य देवेन्द्र श्रेष्ठको संयोजकत्वमा एमालेकोतर्फबाट १० र केन्द्रकोतर्फबाट ७ गरि १७ सदस्यिय पार्टी एकता संयोजन समिति समेत गठन गरेको छ ।

दुवै पार्टीबीच भएको सहमतिले जिल्लामा देखिएको विवाद अन्त्य गर्नुका साथै भक्तपुरका दुवै निर्वाचन क्षेत्र र दुई क्षेत्रका ४ प्रदेशमा बाम गठबन्धनका उम्मेदवार बलियो बनेको एमाले नेता एवम् निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप